सिन्धुपाल्चोक : अविरल वर्षाका कारण भोटेकोशी गाँउपालिका–५ ध्यालेमा वुर्कुटे खोलाले दुई घर बगाएको छ। चार जना बेपत्ता भएका छन्।
नयाँपुल नजिकैको खहरे खोलाले बगाउँदा चार जना बेपत्ता भएको गाँउपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। पहिरोमा दुई जनाको उद्धार गरिएको पौडेलले बताए।
दर्जनौ स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएकोले हेलिकोप्टरको पर्खाईमा बसेको पौडेल बताउँछन्। ‘पहिरोमा परेका दश दिनको बच्चा र ३० वर्षीय पुरुषको उद्धार गरिएको छ। उनीहरुलाई हेलिकोप्टरबाट अस्पताल पठाउने तयारी गरेका छौ।’ पौडेलले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।