|

काठमाडौं :  सिन्धुपाल्चोकमा गएराति गएको बाढी र पहिरोले चीनसँगको सडक सम्बन्ध फेरि टुटेको छ। ०७१ सालमा साउन १७ गते गएको जुरे पहिरो र २०७२ सालको भूकम्पपछि ०७६ साल जेठ १५ गतेबाट सञ्चालमा आएको थियो। 

तर, गएरातिको अविरल वर्षासँगै आएको भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिका विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि चीनसँगको सम्बन्ध पुनः टुटेको हो। 

गएराति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको २० जना बेपत्ता भएका छन्। अन्य घटनाबाट कति क्षति भयो भन्नेबारे अनुमान गर्न नसकिएको बाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले बताए।  

जुरे पहिरो र २०७२ सालमा भएको विनाशकारी भुकम्पपछि नेपाल र चीनबीचको सबैभन्दा ठूलो व्यापारिक तातोपानी नाका सञ्चालनमा आएको थियो। तर, चीनको बुहानबाट फैलिएको कोरोना भाइरसको कारणले केही समय बन्द भएको तातोपानी नाकाबाट सरकारले स्वास्थ्य सामाग्री ल्याउनका लागि खोल्ने निर्णय गरेको थियो। 

कोरोेना भाइरस प्रतिरोधी स्वास्थ्य सामग्री, विद्युतीय सामग्री, तयारी पोसाक, लत्ताकपडा, स्याउ, लसुन, कृषि उपकरण, बीउबिजन लगायतका सामग्री नेपाल आयात गरिरहेको थियो। 

कोरोना परीक्षण गर्ने पीसीआर मेसिन, भीटीएम किट्स, भेन्टिलेटर, पीपीई सेट, एन ९५ माक्स, सेनिटाइजर जस्ता स्वास्थ्य सामग्री नेपाल पनि आयात भइरहेको थियो। 

जुरे पहिरो र भूकम्पपछि सञ्चालनमा आएको नाकाबाट साढे आठ अर्ब रुपियाँ बराबरको सामग्री आयात भएको छ। भूकम्पपछि बन्द रहेको नाका २०७६ जेठ १५ गते सञ्चालनमा आएको थियो। गत जेठ १५ पछि आठ अर्ब २० करोड मूल्य बराबरको चिनियाँ सामग्री नेपाल भित्रिएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।

जेठ १५ गतेपछि सो नाकाबाट कारोबार हुँदा चालू आर्थिक वर्षमा एक अर्ब ३४ करोड ८६ लाख रुपियाँ राजस्व सङ्कलन गरेको थियो। भूकम्प अघि तातोपानी नाकाबाट दैनिक दुई करोड बढी राजस्व संकलन गर्ने गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.