सल्यान : ट्याक्टर दुर्घटनामा परी सल्यानमा एक जनाको ज्यान गएको छ।
जिल्लाको दार्मा गाउँपालिका-४ सरसुखोलाबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको रा १ त ४३८७ नं. ट्याक्टर बिहिबार बिहान दुर्घटना भएको हो।
दुर्घटनामा परी कुमाख गाउँपालिका-५ झारकाँडाका ट्याक्टर मालिक तिलक थापाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
आफूहरू अहिले घटनास्थलमा अहिले पुगिसकेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।