|

सिन्धुपाल्चोक : जिल्लाको बाह्रबिसे नगरपालिका ५ जम्बुमा बुधबार राति बाढी-पहिरोमा परी मृतक दुई जनाको शव भेटिएको छ भने बेपत्‍ता २० जनाको पहिचान खुलेको छ। पहिरोले ११ वटा घर बगाउँदा स्थानीय २५ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव भेटिएको र अरू २० जना बेपत्ता रहेको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। 

डिएसपी काफ्लेका अनुसार बाह्रविसे जम्बु पहिरोमा बेपत्ता हुनेहरुमा भीमबहादुर बाईवा,चिनिमाया वाईवा, लीलामाया वाईवा, पासाङडोल्मा वाईवा, निमाडोल्मा वाईवा, लक्ष्मण वाईवा, सुनमाया वाईवा, जनकबहादुर वाईवा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुवेश तामाङ र सलिना तामाङ छन्। त्यस्तै, भोटेकोसी गाउँपालिकाका वुर्कुटेका निमादोर्जे ताम, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङसमेत बेपत्ता छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.