|

सुर्खेत : कर्णाली प्रदेशमा आज ११ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा सुर्खेतमा पाँच जना, रुकुम पश्चिममा चार जना, दैलेख र जाजरकोटमा एक/एक जना गरी ११ जना संक्रमित थपिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणले संक्रमण पुष्टि गरेको हो।

संक्रमितमध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ का तीन जना, वडा नं. ७ र १२ का एक/एक जना छन्। त्यस्तै, रुकुम पश्चिमको चौरजहारी नगरपालिका-५ का एक जना, वडा नं. ९ का तीन जना, दैलेखको दुल्लु नगरपालिका-५ र जाजरकोटको भेरी नगरपालिका-६ का एक/एक जना छन्। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ६१ जना पुगेको छ।

त्यस्तै, बुधबार नै दुल्लु अस्पताल दैलेखबाट १० जना, प्रदेश अस्पताल सुर्खेतबाट १३ जना, चौरजहारी अस्पताल रुकुमपश्चिमबाट सातजना गरी कुल ३० जना आइसोलेसनबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। हालसम्म कर्णालीमा एक हजार तीनसय २१ जना डिस्चार्ज भएको सामाजिका विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारयण तिवारीले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.