|

काठमाडौं :  नेपाली सङ्गीतकर्मीले पनि विश्वव्यापी काम गर्न सक्छन् भन्ने तथ्यलाई सङ्गीतकार सन्तोष श्रेष्ठले प्रमाणित गरिदिएका छन्।

विश्व सङ्गीतको इतिहासमा पहिलोपटक १२ अन्तर्राष्ट्रिय भाषामा सङ्गीत गरेबापत विश्वकै प्रतिष्ठित संस्था गिनिज वर्ल्ड रेकर्डले सङ्गीतकार सन्तोष श्रेष्ठलाई विश्व कीर्तिमानी सङ्गीतकारको प्रमाणपत्र प्रदान गरेको छ।

डा.डिआर उपाध्यायको शब्दमा नेपाली,हिन्दी,चाइनिज,जापानी,अङ्ग्रेजी,रसियन,कोरिन,फ्रेन्च,स्पेन,इटालियन,जर्मन,थाई गरी १२ भाषामा गीत रेकर्डिङ गरिएको थियो। यस्ता साङ्गीतिक सिर्जनशीलताले नेपाली सङ्गीतलाई विश्व सङ्गीतमा परिचित र स्थापित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने सङ्गीतकार सन्तोष श्रेष्ठले जानकारी दिए।

 विगत बीस वर्षदेखि निरन्तर साङ्गीतिक क्षेत्रमा क्रियाशील श्रेष्ठले झण्डै ८ सय गीतमा सङ्गीत गरेका छन्। उनका एकल सङ्गीतमा ३४ गीति एल्बम प्रकाशित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.