|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोही पनि भारतीय गुप्तचर अधिकारीहरुसँग आफूले भेटवार्ता नगरेको स्पष्टीकरण दिएका छन्। 

केही दिनयता भारतीय गुप्चर निकाय आईबी र रअका प्रमुखहरु नेपालमै बसेर सरकार ढाल्न सक्रिय रहेको विवरणहरु सार्वजनिक भइरहेका सन्दर्भमा श्रेष्ठले बिहीबार यस्तो स्पष्टीकरण दिएका हुन्। 

उनले भारतीय गुप्तचर अधिकारीहरु काठमाडौंमा बसेर सक्रिय रहेकोबारे भारतीय सञ्‍चारमाध्यममा समाचार आएपछि प्रवक्ता श्रेष्ठले मुख खोलेका हुन्। 

'भारतीय गुप्तचर पदाधिकारीहरु नेपाल आएर म लगायत हाम्रो पार्टी र अन्य पार्टीका विभिन्‍न नेताहरुलाई भेट गरेको भन्‍ने एउटा भारतीय अनलाइन मिडियाले प्रचार गरेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ', उनले भनेका छन्, 'उनीहरु आए, नआएको सरकारले स्पष्ट पार्न सक्ला। तर म सँग भेटेको भन्‍ने पुरै झुठ हो। खबरदार!'

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.