|

रुकुम पश्चिम : आठबिसकोट नगरपालिकामा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

शुक्रबार बिहान आएको पहिरोले आठबिसकोट–३ स्थित रेजेखोलाका तुलबहादुर दमाईको घर पुरेको हो। घरमा पुरिँदा तुलबहादुरकी श्रीमती २८ वर्षीया सीता र ६ वर्षीय छोरा हाविलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा प्रमुख ठगबहादुर केसीले जानकारी दिए। 

दुईजनाको शव  घरभित्र पुरिएको अवस्थामा निकालिएको केसीले बताए। घरमै पुरिएकी आठ वर्षीया हिरालाई भने घाइते अवस्था उद्धारगरिएको छ। तुलबहादुर भने कामको सिलसिलामा घर बाहिर रहेका कारण पहिरोबाट जोगिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.