|

तनहुँ :  रातभरि परेको अविरल वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिका अन्तर्गत सेती नदी बस्ती डुबानमा परेको छ।

बाढी बस्तीमा पसेपछि शुक्लागण्डकी नगरपालिका–८ र ४ को पुल्चोक क्षेत्र डुबानमा परेको शुक्लागण्डकी ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार ८ नम्बर वडाका १४ र ४ नम्बर वडाका २८ गरी ४२ घर डुबानमा परेका छन्। मानवीय क्षति भने अहिलेसम्म नभएको उनले बताए। 

‘डुबानमा परेका ती परिवार विस्थापित गरिएको छ, कोभिड १९ को जोखिममा पनि उद्दार गरी उनीहरुलाई हाललाई स्थानीय समाज भवनमा व्यवस्थापन गरिँदैछ, निरन्तरको वर्षात् कारण थप उद्दारमा भने समस्या भएको छ,’ वडाध्यक्ष रेग्मीले भने, ‘पशु चौपाया भने बाढी बस्तीमा पस्दा बगाएको छ, यसको तथ्याङ्क निकाल्न समय लाग्नेछ।’ उक्त क्षेत्रमा उद्दारमा सुरक्षाकर्मी सहित स्थानीयहरु खटिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.