सिन्धुपाल्चोक : अरनिको राजमार्गको लार्चामा पहिरो गएको छ। पहिरोमा दुई जना बेपत्ता भएको स्थानीयले बताएका छन् ।
लार्चाका अधिकांश नदी किनारका घरमा क्षति पुगेको छ। निरन्तरको वर्षा र भोटेकोशी नदीले दर्जनौ स्थानमा सडक कटान गरेकोले प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुग्न सकेको छैन। बिहीवारबाट सुरु भएको पहिरो जाने क्रम नरोकिएको भोटेकोशी गाँउपालिका अध्यक्ष राजकुमार पौडेल बताउँछन्।
‘जताततै पहिरो गएको छ। टेलिफोन र सडक सुचारु छैन। कहाँ कति क्षति भयो भन्ने समेत आँकलन गर्न मुस्किल भएको छ।’ अध्यक्ष पौडेलले भने, 'भेटेकोशी नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका नागरिक त्रसित भएका छन्। दुई दिनदेखि भएको अविरल वर्षा र भोटेकोशीको वितण्डा शुरु भएपछि स्थानिय भागाभाग गर्न थालेका छन्। निरन्तरको वर्षा र नदीको सतह निकै माथि आएपछि तातोपानीदेखि बलेफीसम्मका तटीय क्षेत्रका नागरिकहरु सुरक्षित ठाउँको खोजीमा घर छोडेर निस्किएका छन्।'
बाह्रबीसेको खोर्सानी बारीमा भोटेकोशी नदीले सडक कटान गरि बजार प्रवेश गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।