|

काठमाडौं :  सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू पाँच करोडमा बिक्री गर्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधवार प्रहरीले साढे तीन बजे चन्द्रागिरि नगरपालिका–१५ ढुंङ्गेअड्डाबाट ६ जनालाई पक्राउ गरेको हो। उनीहरूले लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ पाँच करोडमा बिक्री गर्न लागेका थिए।

उक्त सूचना प्रहरीले पाएपछि महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले मोलमोलाइ गरिरहेको अवस्थामा पक्राउ गरिएका उनीहरूबाट १६ पाना बौद्ध धर्मको ग्रन्थ बरामद गरेको हो।

पक्राउ पर्नेमा खोटाङ दिक्तेल नगरपालिका–४ का ३२ वर्षीय गेहेन्द्र सिंह आत्रेय, काभ्रे पाँचखाल नगरपालिका–३ का ४२ वर्षीय जनक गिरी, ओखलढुङ्गा माने भन्ज्याङ गाउँपालिका–१ का ३१ वर्षीय सुवास कुमार बस्नेत, ओखलढुङ्गा सुनकोसी गाउँपालिका–२ का ३३ वर्षीय हरी बहादुर लामिछाने, तारकेश्वर नगरपालिका–११ का ६४ वर्षीय राजेन्द्र बहादुर जोशी र नुवाकोट ककनी गाउँपालिका–८ का ३४ वर्षीय रोशन तामाङ छन्।

प्रहरीले उनीहरूमाथि थप कारबाहीको प्रक्रिया अघि बढाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.