|

काठमाडौं : पिजी अन्तिम वर्षको परिक्षा दिने चिकित्सा शिक्षाका विद्यार्थीहरूले दुई हप्ता होटल क्वारेन्टाइनमा बस्‍ने र पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने भएको छ।

काठमाडौं उपत्यकामा बाहिरबाट पिजी अन्तिम वर्षको परीक्षण दिन आउने परीक्षार्थीको लागि बिहीबार त्रिवि चिकित्सा अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाले सो मापदण्ड बनाएको हो।​ पिजी अन्तिम वर्षको परीक्षा ९ साउनदेखि सुरु हुँदैछ।

परीक्षार्थीले होटल क्वारेन्टाइनमा बस्दा दैनिक दुई हजार तिर्नुपर्ने महाशाखालले जनाएको छ। पिसिआर गर्न सरकारी मापदण्ड पुगेकाको हकमा निःशुल्क परीक्षण हुनेछ भने उक्त मापदण्डमा नपरेकाले ५ हजार ५ सय शुल्क तिरेर पिसिआर परीक्षण गर्नुपर्ने महाशाखाले जनाएको छ। पिसिआर टेष्ट पोजेटिभ आएमा अनिवार्य रूपमा २ हप्ता क्वारेन्टाइनमा बसेका विद्यार्थीले मात्र परीक्षामा सामेल हुनपाउने छन्। अनिवार्य रूपमा मास्क लगाउनुपर्ने, भौतिक दूरी २ मिटर कायम गर्ने र साबुन पानीले हात धुने तथा सेनिटाइजरको बारम्बार प्रयोग गर्नुपर्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.