|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केही बेरपछि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। 

तीन दिनयता देशका विभिन्‍न स्थानमा बाढी पहिरोसहितका प्राकृतिक विपत्तिले ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्न लागेका हुन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सम्वोधन नेपाल टेलिभिजनको बेलुका ८ बजेको समाचारपछि प्रसारण हुनेछ। 

नेकपामा जारी विवाद रोकिएको छैन। तर स्थायी कमिटी बैठक भने एक सातालाई रोकिएको छ। यस्तोमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.