|

डडेल्धुरा : डडेल्धुरामा खानेपानीको विषयमा विवाद हुँदा भएको झडपमा एक बालकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका ६ मा खानेपानीको विषयमा विवादले उग्र रुप लिँदा झडप भएकाे हाे। 

झडपमा परी आलिताल गाउँपालिका ६ को भौनाका गणेश महराका छोरा ७ वर्षीय हिमांशुको मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

धनगढीस्थित सारथि अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनकाे मृत्यु भएको हाे। उनका अनुसार वडा नम्बर ६ भौना र झरकाँडा गाउँबीच खानेपानीको विवाद हुँदा दुवै गाउँका स्थानीयबीच गएराति झडप भएको थियो।

घटनामा संलग्न रहेको आरोपमा चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको डीएसपी न्यौपानेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.