|

संखुवासभा : ​धर्मदेवी नगरपालिका-९ मुलगाँउकी ५० वर्षीया महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

मुलगाँउकी मनमाया जिमी हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान रुद्र बहादुर जिमी र नन्द कुमारी जिमीलाई प्रहरी नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिए ।

घरबाट घाँस काट्न गएकी मनमायाको घर नफर्केपछि उनीको खोजी थालिएको थियो। खोजी गर्ने क्रममा उनको शव मुलगाउँ नजिकैको जंगलमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

मनमायाको हत्या आरोप लागेका श्रीमान रुद्रले नै प्रहरीलाई खबर गरेका थिए ।  हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका मनमायाका श्रीमान रुद्र र नन्द कुमारीलाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.