|

काठमाडौं : सरकारले कार्यालयमा वा रोजगार दाताले कर्मचारीलाई काममा लगाउनुभन्दा अगाडि अनिवार्य ज्वरो परीक्षण गराउनलाई आग्रह गरेको छ। कार्यालयमा काम सुरु हुनुभन्दा अगाडि अनिवार्य ज्वरो परीक्षण गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए। 

दैनिक हाजिरी गर्ने कार्यालयमा फेस रिडिङ राखेर गर्नुपर्ने सम्भव नभएमा सुपरिवेक्षकको अभिलेख राख्ने व्यवस्था मिलाउनलाई उनले आग्रह गरे।

१०० दशमलव ४ डिग्री फरेन्हाइट भन्दा बढी तापक्रम आएमा काममा नलगाउन उनले बताए। सबै किसिमका भेटहरुमा २ मिटर ५ फिटको दूरी कायम गर्नुपर्ने उनको भनाइ छ। घरबाहिर निस्कँदा तीन तहको सर्जिकल मास्क अनिवार्य प्रयोग गर्नलाई उनले सुझाए।

पछिल्लो २४ घण्टामा देशभर ७० जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्‍न २५ वटा प्रयोगशालामा ३ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए।

शनिबार मात्र कोरोनाबाट ४ सय ३१ जना मुक्त भएका छन्।  हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या आठ हजार ४ सय ४२ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.