|
फाइल फोटो

पर्वत : वर्षासँगै आएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड अवरुद्ध भएको छ। जिल्लfको कुस्मा नगरपालिका ८ चुवाको भीरमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले बताए।

बाटो अवरुद्ध भएपछि पर्वत, बागलुङ र म्याग्दीका लागि छुटेका सवारीहरू चुवाकै भीरमा रोकिएका छन् भने पोखराका लागि छुटेका सवारीहरू पर्वत सदरमुकाम कुस्मा र चुवामा रोकिएका छन्।

आइतबार बिहानै खसेको पहिरो पन्छाएर तत्कालका लागि एकतर्फी रूपमा भए पनि सडक खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले बताए।

पोखरा, पर्वत, बागलुङ र म्याग्दीबाट मुस्ताङ आउजाउ गर्ने सवारीहरू भने शुक्रवार बिहानबाट नै आउजाउ गर्न सकेका छैनन्। म्याग्दीको रघुगंगा नदीले पुल नै बगाएपछि मुस्ताङ जाने बाटो अवरुद्ध नै रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.