|

रुपन्देही : रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायर लाइनमा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

स्थानीय हरैया बजारबाट फायर लाइनतर्फ आउँदै गरेको बा १५ च ९३८९ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते सिद्धार्थनगर नगरपालिका–११ बस्ने ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीका प्रहरी निरीक्षक इन्द्र चौधरीले जानकारी दिए।  दुर्घटनामा चार घाइते भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.