ट्राभल हिस्ट्री नभएकामा संक्रमणले चिन्ता बढायो

|

काठमाडौं : पछिल्लो केही दिनयता उपत्यकामा काेराेना संक्रमण बढ्दै गएपछि सरकारले परीक्षणको दायरा तीव्र बनाएकाे छ। 

एक हप्ताभित्र कम्तीमा पनि ४५ हजार नमुना संकलन गरी परीक्षण गर्न मन्त्रालयले तयारी थालेकाे छ। ४५ हजारको परीक्षण गर्दा उपत्यकामा संक्रमणको अवस्था थाहा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमान छ। सोही अनुसार मन्त्रालयले उपत्यकाकाे जोखिम मानिएका क्षेत्रमा समुदायस्तरमा परीक्षणको दायरा बढाएको हो।

जसअनुसार मन्त्रालयले टोखा नगरपालिका-६ हरियाली बस्तीमा गरेको परीक्षणमा तीन स्थानीयसहित चार जनामा संक्रमण पाइएकाे थियाे।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अगुवाइमा गरिएको परीक्षणमा गत साता समुदायमा कोराना भाइरस संक्रमण छ छैन भनी उपत्यकाका विभिन्‍न १२ स्थानबाट एक/एक सयका दरले पिसिआर परीक्षणका लागि नमुना संकलन गरेको थियो। त्यसक्रममा क्रममा टोखाबाट नमुना लिएर परीक्षण गरिएकाे हो।

​मन्त्रालयका अनुसार हरियाली बस्तीबाट एक सय बढीको नमुना जाँच गर्दा तीनजना स्थानीयसहित चारजनामा कोरोना पोजेटिभ आएको हाे। मन्त्रालयले यसअघि कन्ट्याक्ट ट्रेसिङमा स्रोत नखुलेका विभिन्‍न स्थानका केसहरुलाई आधार मानी त्यस स्थानका कम्तीमा एक सयका दरले नमुना संकलन गरेको थियो।

डिल्लीबजार क्षेत्रको २ सयकाे रिपाेर्ट नेगेटिभ

यस्तै काठमाडौँ महानगरपालिका वडा नं २९ डिल्लीबजार क्षेत्रबाट संकलित २ सय वटा नमुनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। काठमाडौंमा संक्रमित बढ्दै गएपछि समुदायमा काेराेना फैलिएको आशंकासहित मन्त्रालयले समुदायमा परीक्षणको दायरा बढाएको थियो। यस्तै पछिल्लो समय तीनकुने र नख्खु जस्ता स्थानबाट सङ्कलन गरिएका दुई सय भन्दा बढी नमुना पिसिआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको बताइन्छ।

'उपत्यकामा डराउनुपर्ने अवस्था छैन तर सतर्क हौं'

उपत्यकामा संक्रमित संख्या बढ्दै गए पनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको सरकारले बताएको छ। उपत्यकाजस्तो घना बस्ती भएको क्षेत्रमा ट्राभल हिस्ट्री नभएको केही केसमा पनि काेराेना देखिएपछि बेलैमा सतर्कता अपनाउन सरकारले भनेकाे छ। 

सहरमा सङ्क्रमण समुदायमा फैलिन सुरु भए त्यो भुसमा आगो जस्तो हुन सक्ने हुँदा उपत्यकामा परीक्षणको दायरा बढाइएको स्वास्थ्य मन्त्रालयका जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।

उनले भने, ‘यदि पछि संक्रमण समुदायमा फैलियो भने नियन्त्रण लिन गाह्रो हुन्छ, त्यसैले हामीले उपत्यकाका सम्भावित जोखिम क्षेत्रमा समुदायमा परीक्षणको दायरा बढाएका हौँ। तर उपत्यकाका भिडभाड बढी हुने स्थानमा सङ्क्रमण फैलिन सक्ने जोखिम भएकाले सतर्कता अपनाउनु आवश्यक रहेको उनले बताए बताए।  

दीर्घरोग उपचारका धेरै अस्पताल यहीँ भएकाले  का यस्ता समस्या भएका मानिस र वृद्धवृद्धाहरुमा जाेखिम बढ्ने हुँदा यतातिर भने निकै सजगता अपनाउनुपर्ने गाैतमले बताए।

जनस्वास्थ्यविद्हरुले भने उपत्यकामा भित्रभित्रै कोरोना संक्रमण फैलिएको हुनसक्ने खतरा रहेकाले अहिलेभन्दा दोब्बर परीक्षणको दायरा बढाउनुपर्ने सुझाएका छन्।

उपत्यकामा पछिल्लो समय बूढानीलकण्ठ, कपन, टेकु, मैतीदेवी र ललितपुरको गोदावरी, चापागाउँ, जावलाखेल, एकान्तकुना, धोबीघाट, महाराजगन्ज, धापासी तथा भक्तपुरलगायत स्थानमा ट्राभल हिस्ट्री नभएका संक्रमित देखिन थालेपछि सरकारले उपत्यकामा परीक्षण दायरा बढाएको हाे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.