|

काठमाडौं : मोबाइल व्यवसायसँग सम्बन्धित संघ संस्थाहरुको नेतृत्व संस्थाको रुपमा ‘नेपाल मोबाइल व्यवसायी महासंघ’को तदर्थ समिति गठन भएको छ।

देशका विभिन्न क्षेत्रमा क्रियाशील मोबाइल व्यवसायी संघ संस्थाहरुको भेलाले तदर्थ समिति गठन गरेको हो। तदर्थ समितिको अध्यक्ष भरत भट्टराई, वरिष्ठ उपाध्यक्ष सुरेश प्रसाई, उपाध्यक्ष अर्जुन चालिसे, महासचिव रमेश घिमिरे, सचिव डिल्लीबहादुर तामाङ, कोषाध्यक्ष सन्तोष घिमिरे, सह–कोषाध्यक्ष श्याम नगरकोटी र वरिष्ठ सदस्य दीपक बोगटी रहेका छन्। १७ सदस्यीय तदर्थ समितिमा ९ जना सदस्य मनोनीत गरिने बताइएको छ।

देशका विभिन्न क्षेत्रमा रहेर मोबाइल व्यवसाय गर्दै आएका व्यवसायीहरुको संस्थाहरुलाई एकताबद्ध गर्ने उद्देश्यले महासंघ गठन गरिएको तदर्थ समितिका अध्यक्ष भट्टराईले जानकारी दिए। नवगठित तदर्थ समितिलाई पूर्णता दिएर कोरोना समस्या सामान्य हुनेबित्तिकै महाधिवेशन गर्ने योजना रहेको भट्टराईले जानकारी दिए।

देशभर ५ हजारभन्दा बढी मोबाइल व्यवसायी रहेका छन् भने ती व्यवसायीहरुको एक सय भन्दा बढी संघ संस्थाहरु रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.