|
फाइल फोटो

काठमाडौं : नवगठित जनता समाजवादी पार्टी नेपाल जसपाले निर्वाचन आयोगबाट राजनीतिक दल एकीकरण भएको प्रमाणपत्र प्राप्त गरेको छ। निर्वाचन आयोगले १ सय ५९ नम्बर कायम हुनेगरी जसपा दल दर्ता गरेको छ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी एकीकरण भएको ‘जनता समाजवादी पार्टी, नेपाल’ नामको राजनीतिक दल कायम रहनेगरी प्रमाणपत्र दिईएको आयोगले जनाएको छ।

दलको प्रमाणपत्र प्राप्त गरेपछि पार्टीका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जनसपालाई प्रमाणपत्र र आधिकारिक पत्र प्रदान गरेकोमा आयोगप्रति आभार व्यक्त गरेका छन्। ‘अग्रगामी परिवर्तनका पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवादप्रति समर्पित राजनीतिक शक्ति र व्यक्तिहरुलाई जसपामा आबद्ध हुन आह्वान गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।

गत वैशाख १० गते मध्यरातमा भएको एकीकरणपछि बनेको जसपा निवेदन दिएको करिब एक महिनापछि निर्वाचन आयोगमा दर्ता भएको थियो। जसपाको केन्द्रीय कार्यसमितिको अध्यक्षमा महन्थ ठाकुर पहिलो र उपेन्द्र यादव दोस्रो वरीयताका अध्यक्ष हुनुहुन्छ। यस्तैगरी, वरिष्ठ नेताहरू अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो क्रमशः तेस्रो, चौथो र पाँचौँ वरीयतामा रहेका छन्।   

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.