विदेशमा रहेका व्यक्तिको नाममा नक्कली कागजात

|
ब्यूरो प्रमुख एसएसपी डा. देवबहादुर बोहोरा । तस्बिर : शिला तिम्सिना

काठमाडौं : नक्कली कागजपत्र बनाई अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा एकजना जनप्रतिनिधिसहित १२ पक्राउ परेका छन्। पक्राउ पर्नेमा तीनजना डाक्टर, एकजना जनप्रतिनिधि (वडाध्यक्ष) र एकजना कानुन व्यवसायी समेत गरी १२ जना रहेको नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले जनाएको छ।

पक्राउ पर्नेमा भरतपुर मेडिकल कलेजका डा.राकेश कुमार बर्मा, डा सुप्रभात श्रेष्ठ, डा. बाल कृष्ण कालाखेती रहेका छन्। त्यसैगरी अधिवक्ता रमेश काफ्ले पनि पक्राउ परेका छन्।

प्रहरीले जिल्ला प्रशासन चितवनका शाखा अधिकृत रामचन्द्र ढकाल, प्रहरी नायव निरीक्षक योगेन्द्रराज थपलिया, प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल, ललितपुर महानगरपालिका वडा- ३ का अध्यक्ष गोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका अवकाश प्राप्त खरिदार नवराज केसी पनि पक्राउ परेका छन्। त्यसैगरी जिल्ला प्रशासनका कार्यालय सहायक नवराज केसी पनि पक्राउ परेका छन्।

यस्तै पक्राउ पर्ने महिलाहरू जमुनाराज भण्डारी, रेश्मा राई छन्। आइतबार पत्रकार सम्मेलनमा बोल्दै ब्यूरो प्रमुख एसएसपी डा. देव बहादुर बोहोराले २०७६ साल जेठ २७ गते चितवनको भरतपुर मेडिकल कलेजमा गैरकानुनी रुपमा मिर्गौला  प्रत्यारोपण गरेको खुलेको जानकारी दिएका छन्। 

एक वर्षअघि काठमाडौँका एक पुरुषको मिर्गौला प्रत्यारोपणको विषयलाई लिएर उनीहरु नियन्त्रणमा परेका छन्। पक्राउ परेका १२ जनालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४ उपदफा-१ (ग) अनुसार अनुसन्धान अगाडि बढाइने ब्यूरोले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.