जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीगाउँका पहिरोपीडितलाई राहत बाँडिएको छ। १० जनाको मृत्यु र २ जना बेपता भएको उक्त स्थानमा हेलिकोप्टरबाट लगेर राहत बाँडिएको हो।
त्यहाँ ५ सय भन्दा बढी घर विस्थापित भएका छन्। विस्थापित र पहिरोमा मृत्यु भएका व्यक्तिका परिवारालाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको पहलमा राहत सामग्री उपलव्ध गराइएको हो।
खराब मौसमबिच बारेकोट पुगेका मन्त्री बस्नेत, पूर्वमन्त्री सत्या पहाडी, सांसद भैरवसुन्दर श्रेष्ठ, मायाप्रसाद शर्मा बारेकोटमा राहत बाँडेर फर्किएका छन्।
सांसद मायाप्रसाद शर्माका अनुसार खाद्यान्न, लत्ताकपडा, स्यानिटाइजर लगायतका भारी सामग्री लिएर ठकुरी जिरी सामग्री झारिएको छ। हेलिकोप्टर बस्ने ठाउँ नभएका कारण मकैबारीमा अवतरण गराइएको छ। हेलिकप्टरको तल्लो भागसमेत गिल्लो माटोमा डुब्दा समस्या भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।