मन्त्री खतिवडा भन्छन् : नेपालीको एकता देखेर भारत तर्सिएको छ

|

काठमाडौं :भारतीय न्यूज च्यानलमाथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो। 

नेपाल मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिएसम्म बन्देज कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको बताए।

सञ्चार मन्त्रालयको जिम्मेवारीमा समेत रहेका अर्थमन्त्री डा. खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियता प्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्यूज च्यानलहरु माथिको बन्देज तत्काल नखोलिने बताएका हुन्। 

नेपालीहरुको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढंगले जान नसुहाउने भए पनि भारतीय न्यूज च्यानलहरूले दुराशयपूर्ण रुपले अगाडी बढेकाले तत्काल प्रतिवन्ध नहट्ने उनले बताएका छन्। 

'नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको अवस्था छ। राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यबद्धता हामीले प्रदर्शन गरेका छौँ। यो नेपालीहरुको एकताबाट तर्सेको पनि हुन सक्छन्। एकताबाट तर्सेर, चित्त नबुझेर भएपनि स्वस्थ्य छलफलबाट अघि बढ्न सकिने हुन्छ तर जुनसुकै माध्यमबाट पनि अपमानित गर्ने ढंगले जन कुनै पनि मिडियाले सुहाउँदैन', उनले भने, ' भारतीय मिडियाहरुको कदमलाई हामीले दुराशयपूर्ण भनेर भनिसकेका छौँ। केही च्यानल बन्द भएको अहिलेको अवस्था हो। सेवा प्रदायकहरुले स्वतस्फूर्त रुपमा राष्ट्रियता प्रतिको जिम्मेवारी बोध गरेर प्रतिवन्ध लगाउनुभयो। परिस्थिति अनुकुल भएर ती मिडिया नसुध्रिँएसम्म प्रतिवन्ध कायम राख्न म आग्रह गर्दछु।'

नेपालले अद्यावधिक नक्सा जारी गरेदेखि नै भारतीय सञ्चार माध्यमहरुले आपत्तिजनक सामग्री प्रकाशन प्रशारण गर्दै आएका छन्। पछिल्लो समय प्रधानमन्त्री ओलीको नाम नै जोडेर विभिन्न सामग्री प्रकाशन/प्रशारण भएपछि नेपालमा भारतीय न्यूज च्यानलहरू बन्द गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.