|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले पार्टीभित्रको विवाद समाधान उन्मुख रहेको दाबी गरिरहँदा दोस्रो तहका नेताहरु भने यसबारे बेखबर जस्तै छन्।

शुक्रबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले र त्यसको भोलीपल्ट चितवन पुगेका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विवाद समाधानतर्फ उन्मुख भएको बताएपनि पार्टीका नेता कार्यकर्ता के सहमति भएको हो भन्नेबारे अन्योलमै छन्।

नेकपा विवादमा ब्रेक ! मिल्दैछन् ओली-दाहाल

नेकपाका संसदीय दलका उपनेता एवंम्‌ स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङ अध्यक्षद्वयबीच कसरी विवाद समाधान भयो भन्ने विषयमा जानकार नभएको बताउँछन्। ‘अहिले त्यस्तो भन्न मिल्ने केही छैन, सहमती गरेर अघि बढ्ने भन्ने दुई अध्यक्षको कुरा छ,' उनले भने, ‘त्यसअनुसार विभिन्न छलफलहरु भइरहेका छन्।

दुई अध्यक्षबीच पछिल्ला दिनमा तिक्तता घटेपनि यसले दीर्घकालीनरूपमा पार्टी भित्रको विवाद समाधान नहुने विश्लेषण पनि हुन थालेको छ। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य चीनियाँ राजदूतको सक्रियताका कारण तत्कालका लागि विवाद समाधान भए पनि यो लामो समय नजाने दाबी गर्छन्। ‘अहिलेको लागि युद्धविराम गरे,' उनले भने, ‘चिनियाँ राजदूतको गतिविधिपछि एकअर्कालाई जजमेन्ट गर्ने भनेर हेरेका हुन्।’ 

उनका अनुसार एकले अर्कोलाई आश्वासन दिएर केही समय हेर्ने र त्यसपछि अर्को कदम चाल्ने तयारी दुवै अध्यक्षको हुनसक्छ। ‘कोरोनाको महामारी पहिले पनि थियो, बाढीपहिरो त जहिल्यै यस्तै हो, तर यसैलाई बहाना बनाइयो।’ 

असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने आवाज उठेपछि विवाद उत्कर्षमा पुगेको थियो। त्यसपछिका स्थायी कमिटी बैठकले निष्कर्ष दिन नसकेपछि पछिल्लो समय स्थायी कमिटी बैठक लगातार रुपमा स्थगित हुँदै आएको छ।

यस अवधिमा ओली–प्रचण्डबीच एक्लाएक्लै तथा दोस्रो तहका नेतासहितको वार्तामा सहमतिका लागि प्रयासहरु भएका थिए। यसबीचमा चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, झलनाथ खनाल र माधवकुमार नेपाललाई समेत भेटेकी थिइन्। यी भेटघाट नेकपा विवाद समाधानकै लागि भएकै भनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.