|

काठमाडौं : संसद्को तेस्रो राजनीतिक शक्ति जनता समाजवादी पार्टी (जसपा) ले यथास्थितिमा अमेरिकी परियोजना एमसिसी पास गर्न नहुने बताएको छ।

संसदमा विचाराधीन रहेको एमसिसी यथाअवस्थामा पास गर्न नहुने निर्णय जसपाले लिएको हो। जसपाले प्रवास संगठनमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै संशोधन नगरी एमसिसी पास गर्न नहुने जनाएको छ। 

एमसिसीबारे अध्ययन गर्न जसपाले यसअघि प्रवास संगठनमार्फत तीन सदस्यीय कार्यदल निर्माण गरेको थियो। ‘एमसिसी सम्झौताका सर्तहरू गम्भीर प्रकृतिका छन्। यसमा उल्लिखित सर्तहरू हेर्दा योभित्र लुट, अझ भित्र उपनिवेश र बाहिर आर्थिक सहयोगजस्तो देखिने भएकाले यो यथास्थितिमा पास गर्न हुँदैन', जसपाले भनेको छ।

जसपाले नेपालले जुनसुकै देश र संस्थासँग पनि अनुदान लिन सक्ने बताउँदै राष्ट्रियता र सार्वभौमिकता नै खतरामा पर्ने गरी सहकार्य गर्न नसकिने जनाएको छ।

‘राष्ट्रघात हुने सर्तहरू तेर्स्याएर कुनै पनि राष्ट्रले सहयोग दिने गर्छ भने त्यो स्वीकार गर्न सकिँदैन,’ जसपाले निकालेको विज्ञप्तिमा भनिएको छ। जसपाले एमसिसी इस्टइन्डिया कम्पनीजस्तै उपनिवेश लाद्‍ने खालको रहेको निचोड निकालेर एमसिसी सम्झौताबारे पाँचवटा सुझाव पनि दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.