|

बैतडी : बैतडीको सतबाँझमा आइतवार स्वचालित मौसम उपकरणहरु जडान गरी पूर्वसूचना प्रणाली स्थापना गरीएको छ। सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रमा उक्त उपकरण जडान गरिएको छ।

कृषि विकास निर्देशनालय डोटीको सहयोगमा जडान गरिएको उपकरणबाट मौसम पूर्वानूमान गर्न सकिने, वर्षा कति हुने, तापक्रम कति छ भन्ने थाहा पाउन सकिने केन्द्रका कम्प्युटर अपरेटर गणेश भट्टले जानकारी दिए। केन्द्रमा फलफूलका बोटबिरुवा कति तापक्रममा कुन प्रजातिका उत्पादन तथा फलाउन सकिन्छ भनेर पनि उक्त उपकरण जडानपछि सहज हुने बताइएको छ। कति तापक्रममा कुन प्रकारका विरुवा उपयुक्त हुन्छ सोही अनुसार बोटविरुवा लगाइने केन्द्रले जनाएको छ।

निर्देशनालयको २९ लाख रुपैयाँ सहयोगमा उक्त उपकरण जडान गरिएका केन्द्रका निमित्त प्रमुख डम्बरसिंह भाटले जानकारी दिए। यस केन्द्रबाट हरेक १५ मिनेटमा मौसमी सूचनाहरु संकलन गरिने र उक्त सूचनाहरु इन्टरनेटको सहायताले हेर्न सकिने बताइएको छ।

२०१९ सालमा स्थापना भएको बागबानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ। केन्द्रमा हाल स्याउ, ओखर, खुर्पानी, जैतुनलगायत १३ किसिमका फलफूलका बिरुवा रोपिएका छन्। यसका साथै विरुवा र तरकारी उत्पादन समेत गर्ने गरिएको छ।

केन्द्रको २९ हेक्टर जमिनमध्ये अहिले १२ हेक्टरमा फलफूल तथा तरकारी खेती गरिँदै आएको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.