|

दाङ : प्रहरी कार्यालयभित्रै पुगेर प्रहरीलाई लागु औषध मुद्दा मिलाइदिन भन्दै घुस रकम दिन खोजेको आरोपमा दुईजना पक्राउ परेका छन्।

लागु औषध ब्राउन सुगर बेचबिखन आरोपमा प्रहरीको नियन्त्रणमा रहेका सागर केसी भनिने दुर्गाराम खत्रीको मुद्दा मिलाइदिन भन्दै १ लाख ५० हजार रुपैयाँ घुस रकम दिन खोज्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाललाई उनकै कार्य कक्षमा भेट गरी खत्रीको मुद्दा मिलाइदिन भन्दै जबरजस्ती रकम दिन खोज्ने  घोराही उपमहानगरपालिका–१८ सुपैलाखुटीका २७ वर्षीय गोविन्द शाह र प्युठानको स्वर्गद्वारी नगरपालिका–५ भिंग्री घर भई हाल लमही नगरपालिका–५ लमही बजार बस्ने ३० वर्षीय समिर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए। पक्राउ परेका व्यक्तिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवल पठाइएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.