|

काठमाडौ :   नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ३ सयमा कारोबार भैरहेको छ। 

यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी प्रतितोलामा ५० रुपैँयाले बढेर ९ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.