पसल बन्द गरे, कर उठाउन लकडाउन खुलाएको आरोप

|

सुर्खेत : सुर्खेतका उद्योगी व्यवसायीहरुले सोमबार वीरेन्द्रनगरमा पसलहरु बन्द गरेर विरोधमा उत्रिएका छन्। कोरोना महामारीको विषम परिस्थितिमा पनि बैंकहरुले ब्याज बुझाउन ताकेता गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन्।

व्यवसायीहरुले बैंकिङ्ग कारोबार समेत बहिस्कार गरेका छन्। पसल बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायीले सुर्खेतस्थित बैंकहरुमा बैंकिङ कारोबार बहिष्कार गरिएको ब्यानर समेत टाँसेका छन्।

संयुक्त संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका व्यवसायीहरुले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर २७ बुँदे मागपत्र र साङ्केतिक साँचो पनि बुझाइसकेका छन्।

लकडाउन खुलेको एक हप्तामै बैंकहरुको ब्याज तिर्न नसक्ने भएकाले आन्दोलनमा गर्न बाध्य भएको सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए।

सरकारले व्यवसायीहरुलाई राहत उपलब्ध गराउनुको सट्टा कर तथा ब्याज उठाउन लकडाउन खोलेको आरोप उनले लगाएका छन्। सरकारले राहत उपलब्ध नगराए थप चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.