|

बारा : लागुऔषध मुद्दामा पक्राउ परेका अभियुक्तलाई बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीमार्फत छुटाइदिन्छु भन्दै रकम मोलमोलाई गरेको अडियोसहित प्रदेश प्रहरीले पत्रकार भैयाराम साहलाई पक्राउ गरेको छ। 

असार १२ गते  १ सय २५ केजी गाँजासहित पकाउ परेका अभियुक्तहरूलाई एसपीको माध्यमबाट छुटाइदिन्छु भन्दै बार्गेनिङ गरेकोे अडियो सार्वजनिक भएपछि प्रदेश प्रहरीले साहलाई पक्राउ गरेको हो। 

पत्रकार साहले लागूऔषधका अभियुक्तमध्येका अजय प्रसाद जैशवालसँग रकम बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ।

‘उहाँले लागुऔषध मुद्दामा अभियुक्तसँग मुद्दा मिलाइदिन्छु भन्दै पैसा बार्गेनिङ गरेको घटनामा पक्राउ गरिएको हो’, बाराका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता गौतम मिश्रले भने । 

बारा प्रहरीले असार १२ गते करैयाँमाई गाँउपालिका वडा नम्बर ३ स्थित बुलेट इँटा उद्योगमा चितवन जिल्ला लोथरबाट ना ७ ख ४२५२ नम्बरको ट्रकमा  ९ बोरा (१ सय २५ किलो) लागुऔषध गाँजा पक्राउ गरेको थियो। 

उक्त घटनामा सवारी चालक सहित ३ जना र ३ दिनअघि मात्रै थप अर्का अभियुक्त अजय प्रसाद जैशवाललाई पक्राउ गरेको थियो। पत्रकार साहले अभियुक्त जैशवालसँग बाराका प्रहरी प्रमुख कृष्ण पंगेनीमार्फत मुद्दा मिलाइदिने भन्दै  बार्गेनिङ गरेका थिए। 

साहविरुद्ध अभद्र व्यवहार मुद्धा दर्ता गरेर कारबाही प्रक्रिया शुरु गरिसकिएको प्रहरीले जनाएको छ। उनलाई बारा जिल्ला अदालतले अनुसन्धानका लागि १० दिन हिरासतमा राख्ने अनुमति दिएको छ। 

अभियुक्तसँग बार्गेनिङ गरेको अडियो प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए। तर बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले भने आफ्नो नाम लिएर मुद्दा मिलाइदिन्छु भन्नु आपत्तिजनक भएको बताए। 

‘अडियोमा मेरो नाम लिएर मुद्दा मिलाइदिन्छु भनिएको रहेछ, यस विषयमा मलाई नै जानकारी छैन्,मैले त पत्रकारसँग सूचनाका लागि मात्रै मेरो चिनजान हो’, एसपी पंगेनीले भने। पत्रकार भैयाराम साह बारामा माओवादी कार्यकर्ताद्वारा हत्या गरिएका वीरेन्द्र साहका भाइ हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.