|

काठमाडौं : जनता समाजवादी पार्टीले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) का सम्बन्धमा पार्टी आन्तरिक छलफलमै रहेको बताएको छ। एमसीसिबारे पार्टीको धारणा भनि विभिन्‍न संचारमाध्याममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै जसपाले एमसीसीबारे आफ्नो नीति तथा धारणा निर्माणका लागि आन्तरिक गृहकार्य र छलफल जारी नै रहेको स्पष्ट पारेको हो।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै एमसिसीबारे पार्टीले निर्णय गरिनसकेको स्पष्ट पारेका छन्। ‘पार्टीको तर्फबाट कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन, जसपाको नाममा एमसिसीबारे आएका धारणाहरूप्रति जनतामा भ्रम फैलाउने उदेश्यले गरिएको भ्रमपूर्ण, गलत र सुनियोजित प्रचार हुन जसमा सत्यता छैन,’ जसपाले भनेको छ।

पार्टीलाई नै बदनाम गराउने गरी यस्ता कार्यहरु भइरहेको भन्दै उसले गैर-जिम्मेवार भ्रमपूर्ण र गलत प्रचारको भ्रममा नपर्न र सचेत रहन पनि अनुरोध गरेको छ।

जसपाकाे विज्ञप्ति

तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकरण भई बनेकाे जसपाले हिजाेमात्रै निर्वाचन आयाेगबाट दल एकीकरणकाे प्रमाणपत्र प्राप्त गरेकाे छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.