|

सल्यान : सल्यानमा सोमबार ३४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। लुहापिङको आइसोलेसनबाट उनीहरु आज घर फर्किएका स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ। 

डिस्चार्ज हुनेमा कुमाख गाउँपालिकाका १५, बनगाड कुपिण्डे नगरपालिकाका ९, शारदा नगरपालिकाका ३ र बागचौर नगरपालिकाका २ जना रहेका छन्।  यस्तै दार्मा र कपुरकोट गाउँपालिकाका १÷१ जना पनि निको भएका स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए। 

योसँगै जिल्लामा कोरोना संक्रमित निको भएर घर फर्कनेको संख्या २ सय ८ पुगको छ। फोकल पर्सन  पुनका अनुसार बाँकी १७  जना जिल्लाका विभिन्न आइसोलेसनमा उपचार गराइरहेका छन्। 

उनका अनुसार ७ जना लुहापिङको आइसोलेसनमा ९ जना बनगाड कुपिण्डेको आइसोलेसनमा र छत्रेश्वरी गाउँपालिकाको आइसोलेसनमा १ जना गरी १७ जनाको उपचार भइरहेको छ 
सल्यानमा २ सय २५ जनामा कोरोना संक्रमित भेटिएकोमा अहिले सम्म २ सय ८ जना निको भएर घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.