|

काठमाडौं :   पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५ जना उपचारपछि निको भएर डिस्चार्ज भएको बताएका हुन्।

यस्तै  पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरूमा पिसीआर विधिबाट ५ हजार ८ सय ५६ वटा नमुना परीक्षण गरिएकोमा १ सय ४४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज सबैभन्दा धेरै सुर्खेतमा ४१ जना संक्रमित भेटिएका छन्। यसैगरी धनुषाका २७, कैलालीका १० जना संक्रमित थपिएका छन्। गत २४ घण्टामा प्रदेश एकमा ६, प्रदेश दुईमा ४१, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ८, प्रदेश पाँचमा १४, कर्णाली प्रदेशमा ४६ र सुदुरपश्चिम प्रदेशमा १६ जना संक्रमित पहिचान भएका हुन्।

 हाल पाँच सयभन्दा बढी उपचाररत संक्रमितहरु रहेका जिल्लामा महोत्तरी, रौतहट, कैलाली र बाजुरा छन् भने हुम्ला, मुस्ताङ, मनाङ, धनकुटा र भोजपुर संक्रमित मुक्त जिल्ला बनेका छन्। गत २४ घण्टामा १७ सय ५ जना संक्रमित उपचारपछि स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

यससँगै आजसम्म १० हजार २ सय ९४ जना कोराना संक्रमणमुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार अहिलेसम्म ६० दशमलव ७ प्रतिशत संक्रमितहरु निको भई घर फर्किएका छन्।

 आज २३ हजार ४ सय ७० जना क्वारेन्टाईनमा छन् भने ६ हजार ६ सय १३ जना सक्रिय संक्रमितहरु आईसोलेशनमा उपचाररत छन्। सरकारले हालसम्म २ लाख ८९ हजार ३ सय ७१ वटा कोरोनाको नमुनाको पिसीआर विधिबाट परीक्षण भएको जनाएको छ।

उपत्यकाका तीन जिल्लामा थप ९ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा ५, ललितपुरमा ४ र भक्तपुरका १ जना संक्रमितको पहिचान भएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरीएको परीक्षणमा काठमाडौंका १ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा भक्तपुरका १ र ललितपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.