१ हजार ६ सय ६३ संक्रमितमध्ये १ हजार ४ सय ५५ डिस्चार्ज

|

दैलेख : कर्णाली प्रदेशमा सोमबार थप ४७ जना कोरोना संक्रमित थपिएका छन्।

प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएअनुसार प्रदेश अस्पताल सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४५ जना, रुकुम पश्चिम चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दुई जना थप संक्रमित थपिएका हुन्।

सोमबार संक्रमण पुष्टि भएका मध्ये सुर्खेतका ४१ जना, जाजरकोट १ जना, बाँकेका १ जना, दैलेखका २ जना र रुकुम पश्चिमका २ जना छन्। सोमबार संक्रमण पुष्टि भएका ४७ जनासहित प्रदेशमा संक्रमितको संख्या १ हजार ६ सय ६३ पुगेको छ भने संक्रमणबाट निको भई घर फर्किनेका संख्या १ हजार ४ सय ५५ पुगेको छ ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.