|

धादिङ : गल्छी गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइन व्यवस्थित गर्न स्वास्थ्य सामग्री सहयोग भएको छ।

युनाइटेड मिसन टु नेपाल र चन्द्र ज्योति एकीकृत ग्रामीण विकास समाज ( सिड्स) धादिङको कोरोना प्रतिकार्य कार्यक्रम अन्तर्गत सोमबार गल्छी गाउँपालिकालाई सुरक्षा सामग्री प्रदान गरिएको हो।

गाउँपालिकालाई आठवटा फोल्डिङ बेड, स्यानिटाइजर, पानी तताउने किल्टी, साबुन, ज्वरो नाप्ने थर्मल गन, पानी चिसो तातो बनाउने विद्युतीय उपकरण, पिपिई सेट, डिजिटल थर्मोमिटर, सर्जिकल मास्क, केएन–९५ मास्क लगायतका सामग्रीहरु प्रदान गरिएको सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी दिए। ती सामग्री करिब दुई लाख रुपैयाँको रहेको रुपाखेतीले बताए।

गल्छी गाउँपालिकाले चैत ११ देखि जेठ मसान्तसम्म कोरोना महामारी रोकथाम तथा क्वारेन्टाइन व्यवस्थापनका लागि ३२ लाख ९३ हजार ६०१ रुपैयाँ खर्च भएको जनाएको छ  क्वारेन्टाइन व्यवस्थापनका नाममा भएको खर्चको बिल भर्पाई नपुगेको भन्दै वडा नम्बर ६ का अध्यक्ष राजन श्रेष्ठले भुक्तानी गर्न नहुने अडान राख्दै निर्णयमा असहमति जनाएका छन्। 

असार २४ को कार्यपालिकाको बैठकले खर्च अनुमोदन गर्ने निर्णय गरे पनि क्वारेन्टाइन अव्यवस्थित भएको सेवा सुविधा नभएको भन्दै क्वारेन्टाइनमा बसेकाहरुले विरोध जनाउँदै आइरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.