|

नवलपरासी : पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्ता पूर्वको दाउन्नेमा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ। अविरल वर्षासँगै सडक पहिरो खसेको हो।

पहिरोसँगै खसेको रुखले एउटा ट्रक र एउटा कार च्यापिएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए। मानिसहरु भने सकुसल रहेको बताइएको छ। 

सडकमा खसेको पहिरो हटाउनका लागि झण्डै चार घण्टा जति लाग्न सक्ने खाँडले बताए। अहिले पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि पूर्व र पश्चिम तर्फ सवारीसाधनको लामो लाइन लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.