|

काठमाडौं : ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बागमती प्रदेश सरकारलाई  १० लाख सहयोग गरेको छ।

बैंकका शाखा प्रबन्धकहरु नारायण प्रसाद पौडेल, लक्ष्मण पौडेल र दिपेन्द थापाले संयुक्तरुपमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उक्त रकमको चेक हस्तान्तरण गरे।

मुख्यमन्त्री पौडेलले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तो कार्यलाई निरन्तरता दिन आग्रह गरे। 

स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तिको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको बैंकले जनाएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जाने प्रतिवद्धता जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.