आवश्यक छुटसहितका सुविधा दिन सरकार तयार
आवश्यक छुटसहितका सुविधा दिन सरकार तयार
काठमाडौं : लकडाउनको कारण करीब तीन महिना देखि सञ्चालन हुन नसकेको सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। सरकार पक्ष, यातायात मजदुर र यातायात व्यवसायीबीच सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा भएको वार्ता सकरात्मक भएको यातायात व्यवसायी एवम मजदुर नेताले बताएका छन्।
सोमबार सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री र यातायातसम्बन्धी सरोकारवालासँग भएको वार्ता सकरात्मक भएको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वाला बताउँछन्।
यातायात मजदुरको नियमित स्वास्थ्य परीक्षण, कोरोना बिमा गर्ने र व्यवसायीको तर्फबाट पनि सहयोग हुने सहमति गरी यातायात सञ्चालन गर्न लागिएको अध्यक्ष राईले बताए।
उनले भने,'यातायात व्यवसायीको लागि बैंकको किस्ता तत्कालको लागि स्थगन गर्नुपर्छ। पुनः कर्जाको माग भएको छ। सवारी साधनको कागजात नवीकरण गर्न समय दिने पनि सहमति भएको छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।