अनुसन्धान प्रतिवेदन भन्छ : तनाव व्यवस्थापन नहुँदा समस्या जटिल

|

 काठमाडौं : सन् २०१९ को अन्तिम दिन चीनको वुहानबाट संसारभर फैलिएको कोरोना भाइरस ( कोभिड-१९) सँग फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन्।

 नेपालमा पनि २०७६ माघ पहिलो साताबाट देखिएको कोरोनाबाट हालसम्म १६ हजार भन्दा बढी संक्रमित भइसकेका छन्। कोरोना भाइरस संक्रमण फैलिए यता नेपालमा ९५ जनामा स्वास्थ्यकर्मीहरूमा पनि संक्रमण देखिएको छ।

एक अनुसन्धानले नेपालमा कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न रहने स्वास्थ्यकर्मीहरूमा २९ प्रतिशतलाई डिप्रेसन रहेको देखाएको छ। कोरोना भाइरस कारण नेपालमा फ्रन्टलाइनमा खटिने २९ प्रतिशत चिकित्सक, नर्स र ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीमा डिप्रेसनको लक्षण पाइएको हो।

स्वास्थ्य अनुसन्धान परिषद् नेपालले कोभिड-१९ महामारीका बेला स्वास्थ्यकर्मीहरूमा डिप्रेसन, एन्जाइटी र तनावको कारणबारे गरेको अनुसन्धानले कोभिडको उपचारमा संलग्नमध्ये २९ प्रतिशत स्वास्थ्यकर्मीलाई डिप्रेसन रहेको देखाएको हो।

अनलाइन सर्भेमा आधारित उक्त अनुसन्धानमा चार सय चार जना फ्रन्टलाइनमा रहेका डाक्टर, नर्स र ल्यावमा काम गर्ने स्वास्थ्यकर्मीलाई सहभागी गराइएको थियो। अनुसन्धानले ३५.७ प्रतिशतमा एन्जाइटी र १७.१ प्रतिशतमा साइकोलोजिकल डिस्ट्रेस रहेको देखाएको छ।

अनुसन्धानले २९ प्रतिशतमा डिप्रेसनका लक्षण देखिएकामा १३.१ प्रतिशतमा हल्का डिप्रेसन देखिएको थियो। यस्तै, १०.९ प्रतिशतमा मध्य खालको डिप्रेसन पाइएको छ भने भने २.५ प्रतिशतमा कडा खालको डिप्रेसन देखिएको यस्तै, २.५ मा भने अति कडा डिप्रेसन रहेको अनुसन्धानले देखाएको छ।

यस्तै ३५.७ प्रतिशतमा नर्स, चिकित्सक तथा ल्याबमा कार्यरत स्वास्थ्यकर्मीमा एन्जाइटीको समस्या रहेको अध्ययनले देखाएको छ। जसमध्ये १७.६ प्रतिशतमा मध्यम खालको एन्जाइटी, ८.२ प्रतिशतमा हल्का एन्जाइटी, ४.७ प्रतिशतमा कडा खालको र ५.२ प्रतिशतमा अति कडा खालको एन्जाइटी पाइएको छ।

यस्तै, १७.१ प्रतिशतमा सामान्यभन्दा बढी तनाव देखिएकामध्ये ८.४ प्रतिशतमा हल्का तनाव, ४.७ प्रतिशतमा मध्यम तनाव, २.५ प्रतिशतमा कडा तनाव र १.५ प्रतिशतमा अति कडा हुने गरेको देखिएको छ।

यस्तै २९.५ प्रतिशतलाई उक्त सुविधा छैन। १८.६ अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुको ठूलो हिस्सा परिवारसँगै बसिरहेको देखिएको छ। सर्वेक्षणमा सहभागी ५८.७ प्रतिशतले परिवारसँगै बसिरहेको उल्लेख गरेका छन्।

४१.३ प्रतिशत परिवारभन्दा बाहिर बसेको पाइएको छ। ५६.४ प्रतिशतलाई डाक्टर, नर्स र ल्याबमा काम गर्नेलाई समस्या नभएको पाइएको छ भने कामको बोझको कारण ४३.६ प्रतिशतमा निन्द्रामा समस्या देखिएको छ। समस्या भएकामध्ये ४७.७ प्रतिशतलाई थकान र दिउँसो सुत्न समस्या भएको पाइएको छ।

 उक्त अनुसन्धानमा ७ प्रदेशका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक, नर्स र ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई सहभागी गराइएको थियो। सहभागीमध्ये ६३ दशमलव ६ प्रतिशत महिला र ३६ दशमलव ४ प्रतिशत पुरुष थिए। ७० प्रतिशत तालिमविहीन, ४४ प्रतिशतको निन्द्रामा समस्या रहेको पाइएको थियो।

अनुसन्धानमा सहभागीमध्ये ८१.५ प्रतिशत ६ देखि १० घण्टा ड्युटीमा खटिएका थिए। यस्तै, १७ प्रतिशत ११ देखि १५ घण्टा, १.५ प्रतिशत १५ घण्टा भन्दा बढी ड्युटीमा खटिएको पाइएको थियो। यस्तै, ७.२ प्रतिशतलाई मात्रै अस्पतालले पीपीई सेट उपलब्ध गराएको अनुसन्धानले देखाएको छ।

यस्तै कार्यस्थलमा ५६.९ प्रतिशत नेपाल सरकारले बनाएका गाइडलाइनअनुसार काम गरिरहेको पाइएको छ भने २४.८ प्रतिशतले गाइडलाइनलाई नपच्छ्याएको, १८.३ प्रतिशतलाई गाइडलाइन नै थाहा नभएको देखिएको छ।

 क्वारेन्टाइनको सुविधा पनि सबैलाई उपलब्ध नभएको देखिएको छ। ५२ प्रतिशतलाई अस्पताल र काम गर्ने ठाउँमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ। तर केहीलाई त्यसबारेमा थाहासमेत नभएको बताइएको छ।

स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको त्यस अनुसन्धानमा अप्सरा पाण्डे, चन्द्रकला शर्मा, रामहरि चापागाईँ, कृति अधिकारी, नर्मदा देवकोटा, सुमन पन्त, कमल रानाभाट संलग्न थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.