जिल्लाबासीलाई सडक हुँदाभन्दा नुहँदै ठीक !
जिल्लाबासीलाई सडक हुँदाभन्दा नुहँदै ठीक !
ओखलढुंगा : जिल्लाका ८ वटा स्थानीय तहका ७५ वटै वडा सडक सञ्जालसँग जोडिएका छन्। सिद्धिचरण राजमार्गबाट र रामेछापको मन्थली तथा दोलखाको जिरीसम्म जिल्लाका स्थानीय तहका सडकहरू जोडिएका छन्।
सडक सञ्जालसँग जोडिए पनि जिल्लाबासीहरु पछिल्लो समय सडककै कारण चिन्तित छन्। बाढी पहिरोका कारण धेरैजसो सडक अवरुद्ध छन्। अफ्ठेरो र सडकमा आएको पहिरोका कारण कतिपयले यात्रा क्रममा ज्यानसमेत गुमाइसकेका छन्।
हिउँदमा धुलो र धुवाँका कारण सडक नजिक घर भएकाहरुले हरेक क्षण सास्ती बेहोर्दै आएका छन्। सडक नहुँदा एक दिनमै पुग्ने ठाउँहरुमा गाडीमा जाँदा दुई दिनसम्म लाग्ने गरेको स्थानीयहरु बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।