|

तनहुँ : पहिरोमा परी सोमबारदेखि हराइरहेका एक जनाको शव भेटिएको छ। मंगलबार दिउँसो व्यास–११ ओडारेका ५२ वर्षीय पदम बहादुर भुजेलको शव भेटिएको छ। एक्साभेटरको प्रयोगबाट पहिरोमा खोजी गर्दा मंगलबार ४ बजेतिर भुजेलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। 

नेपाल प्रहरी र एक्साभेटरले खोजी गर्ने क्रममा भुजेलको शव निकाल्न सफल भएको उनले बताए। सोमबार नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीले खोजी गरेको भए पनि नभेटिएपछि एक्साभेटरको प्रयोगबाट खोजी थालिएको थियो।  

भुजेलको शव भेटिएसँगै ११ जनाको शव भेटिएको छ भने एक जना अझै पनि हराइरहेका छन्। व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा भने अझैसम्म हराइरहेका छन्। उनको एक्साभेटर, नेपाली सेना र नेपाल प्रहरीको टोलीले खोजी कार्य गरिरहेको तिमिल्सिनाले बताए। जिल्लामा पहिरोमा परी १२ जना हराएका मध्ये ११ जनाको शव पहिरोबाट निकालिसकिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.