|

काठमाडौं : रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोती घटनाको छानबिन तथा अध्ययन गर्न बनेको संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ। आज दिउँसो सिंहदरबारमा सभामुख सापकोटालाई समितिले प्रतिवेदन बुझाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।   

गत जेठ २६ गते बसेको प्रतिनिधिसभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेस गर्न देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो। उक्त घटनालाई लिएर सांसदहरुले बैठकमा सरकारको चर्काे आलोचना गरेपछि सभामुखले संसदीय समिति बनाउने बताएका थिए।

उक्त समितिले काम छानबिन तथा घटनाको अध्ययन गरेको एक महिनाभित्र सभामुखलाई प्रतिवेदन बुझाउनुपर्ने जिम्मेवारीअनुसार नै आज प्रतिवेदन बुझाएको हो। गत जेठमै भएको घटनामा जाजरकोट भेरी नगरपालिका ४ का नवराज विकसहितका ६ जनाको हत्या भएको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.