|

धनकुटा : सरकारले धनकुटालाई कोरोनामुक्त जिल्ला घोषणा गरेको केही दिनमै धनकुटामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकाका २ जना र सहिदभूमि गाउँपालिकामा १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि भएकामा छथर जोरपाटीका ३८ र ३९ वर्षका पुरुष र सहिदभूमिका २८ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिए।

संक्रमितहरुमा छथर जोरपाटीका बहराइन र साउदी अरबबाट आएका हुन भने सहिदभूमिका कतारबाट १४ दिन अगाडि आएका हुन्। 

उनीहरु सम्बन्धित गाउँपालिकाले बनाएका क्‍वारेन्टाइनमा बस्दै आएका थिए। विदेशबाट आएर सहिदभूमिको क्‍वारेन्टाइनमा बसेका ७ जनाको पिसिआर परीक्षण गर्दा १ जनामा र छथर जोरपाटीको क्‍वारेन्टाइनमा बसेका २५ जनामा पिसिआर परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको प्रमुख गुरागाईले जानकारी दिए। 

छथर जोरपाटीका २५ जनाको गत शुक्रबार र सहिदभूमिका ७ जनाको गत शनिबार पिसिआर स्वाब संकलन गरि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। कोरोना संक्रमण पुष्टि भएका तीनै जनालाई उपचारका पूर्वाञ्चल विश्व विद्यालयको आइसोलेसनमा पठाइने प्रमुख गुरागाईले बताए। धनकुटामा यसअघि ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरु सबै उपचारपछि निको भएर घर फर्किसकेका छन्।

काेराेना संक्रमित नभेटिएका र भएका पनि सबै काेराेना मुक्त भइसकेपछि सरकारले धनकुटा, भाेजपु, साेलुखुम्बु, तेह्रथुम र हुम्लासहितका जिल्लालाई काेराेनामक्त जिल्ला घाेषणा गरेकाे थियाे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.