भाडा मिनाहा गर्न माग, राहत पाउँदै नपाएको गुनासो

|

काठमाडौं : प्रत्येक नाईं श्रमिकलाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका छन्। 

लकडाउनका कारण व्यापार व्यवसाय बन्द गर्नु परेकाले लकडाउन अवधिको प्रतिमहिना २५ हजारका दरले रकम दिनुपर्ने माग व्यवसायीहरुले राखेका हुन्। नेपाल नाई ट्रेड युनियनले मंगलबार माइतीघरमा आफ्नो समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ। 

तत्काल सबै श्रमिकहरुलाई राहतको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधिको बैंक ब्याज मिनाहा गर्नुपर्ने र पसल तथा कोठा भाडा पूर्ण रुपमा मिनाहा गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन्। 

ट्रेड युनियनका अध्यक्ष गजेन्द्र ठाकुरले तत्काल सैलुन र पार्लर खोल्न दिनुपर्ने, लकडाउन अवधिमा प्रतिमहिना २५ हजारका दरले दिनुपर्ने, निःशुल्क देशभरीका श्रमिकलाई पीपीई सेट र ५० लाख बराबरको जीवन बीमाको व्यवस्था गर्नुपर्ने बताए।

सरकारले लकडाउनको समय बढाउँदै लगेपछि घर जान पनि नपाएको र व्यवसायमा समेत सञ्‍चालन गर्न नसक्दा समस्या भएको उनले बताए। स्थानीय सरकारले राहत वितरण गरे पनि मतदाता परिचयपत्र साथमा नभएकाले आफूहरुले पाउन नसकेको उनले बताए। 

पटक पटक सरकारलाई आफ्ना समस्या सुनाउँदा पनि सम्बोधन नभएको उनले गुनासो गरे। १० अर्ब भन्दा बढी रकम सरकारले खर्च गरे पनि आफूहरुले १० रुपैयाँको राहत समेत नपाएको उनले बताए। आफ्ना मागहरु पूरा नगरे देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने तयारी भएको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.