|

दोहा : हेगस्थित संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय अदालतले चार छिमेकी देशबाट चार वर्षदेखि नाकाबन्दी झेल्दै आएको कतारको पक्षमा आफूलाई उभ्याएको छ। कतारविरुद्ध नाकाबन्दी गर्दै आएका यी चार मुलुकले गरेको एउटा अपिललाई खारेज गरिदिँदै अन्तर्राष्ट्रिय अदालतले कतारलाई ठूलो राहत दिएको हो। 

करिब एक वर्षसम्म सबै किसिमको नाकाबन्दी गर्दै आएका यी मुलुकले पछिल्लो तीन वर्षयता कतारविरुद्ध हवाई नाकाबन्दी गरिरहेका थिए। 

हेगस्थित आईसीजेका अध्यक्ष अब्दुलकवी अहमद यूसुफले मंगलवार बहराइन, इजिप्ट, साउदी अरब र संयुक्त अरब इमिरेट्सको अपीललाई खारेज गरिदिएको जानकारी दिएका छन्। 

अदालतले 'अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को अधिकार क्षेत्र' भन्दै यी चार मुलुकले गरेको अपीललाई खारेज गरिदिएको यस मामिलाको मुद्दा हेरिरहेका १४ न्यायाधीशमध्ये एक युसुफले भने। 

आईकाओले सन् २०१८ मा कतारमाथि लगाइएको आरोपको समाधानको क्षेत्राधिकार आफ्नो भएको बताएको थियो। जसमा छिमेकी देशहरुले कतारमाथि विदेशी हवाई क्षेत्र हुँदै आफ्ना यात्री विमान बिना अवरोध लान पाउने कुराको उलंघन गरेको आरोप लगाएका थिए। यस विवादमा यी चार देशले आईकाओ यो विवाद समाधान गर्ने निकाय नभएको जिकिर गरेका थिए।

उनीहरुले आईकाओबाट यो विवादको समाधान हुन नसक्ने जनाउँदै कतारमाथिको हवाई नाकाबन्दीलाई निरन्तरता दिएका थिए। 

नाकाबन्दी

चार अरब देशले जुन २०१७ मा कतारसँगको सम्बन्ध अचानक विच्छेद गरिदिएका थिए। कतारमाथि दुई चरमपन्थी समूहलाई समर्थन गरेको आरोप लागेको थियो। तर कतारले यस कुरालाई सुरूदेखि नै नकार्दै आएको थियो।

उनीहरुले आफ्नो हवाई क्षेत्रबाट कतारका विमानलाई प्रतिबन्ध लगाउने, साउदी अरबसँग जोडिएको कतारको एकमात्र स्थल सीमा बन्द गर्ने र कतारी नागरिकलाई निष्कासित गर्नेसहित कयौँ व्यापक दण्डात्मक उपाय लागु गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.