|

काठमाडौं :  साझा यातायातका बसहरु आजदेखि काठमाडौं उपत्यकामा चल्न थालेका छन्।

साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा शुरु गरेको हो। सरकारले तोकेअनुसार सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न गरिएको साझा यातायातका व्यवस्थापक महेन्द्र पाण्डेले बताए। उनका अनुसार साझाका बसमा चढ्दा यात्रुले मास्क लगाउनुपर्ने, सेनेटाइजरको प्रयोग गर्नुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने छ। त्यस्तै भाडाका लागि खुद्रा पैसा बोक्नुपर्ने छ। 

साझाले पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा शुरु गर्न लागिएको जनाएको छ। पहिले थोरै बसबाट शुरु गरिएमा आवश्यकतानुसार थप गर्दै जाने व्यवस्थापक पाण्डेले बताए। मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेपछि साझाले बसको मर्मतलगायतका तयारीका काम गरेर आजदेखि सेवा दिएको हो काठमाडौँ उपत्यकामा १० रुटमा साझाका बसहरु चल्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.