|

काठमाडौं : सरकारले ह्याण्ड स्यानिटाइजरको दर्ता गर्ने मिति तीन महिना थपप्रति नेपाल औषधि उत्पादक संघ (एपोन)ले आपत्ति जनाएको छ। संघले आज पत्रकार सम्मेलन गर्दै सरकारले  सरकारले ह्याण्ड स्यानिटाइजर दर्ताका लागि तीन महिना म्याद थप गर्नु नेपाली औषधी कम्पनीहरुलाई निरुत्सित बनाएको एपोन  जनाएको छ।

स्यानिटाइजर दर्ताका लागि तीन महिना म्याद थपेको विरोधमा संघले गत असार २९ गतेदेखि औषधि व्यवस्था विभाग अगाडि धर्नासमेत दिँदै आएको छ।

एपोनसँगै नेपाल उद्योग वाणिज्य महासंघ, आयुर्वेदिक औषधि उत्पादक संघ, निर्यात व्यावसायिक महासंघ नेपाल, नेपाल जेम्स एण्ड ज्योलरी एसोसिएसन लगायतले पनि स्यानिटाइजर दर्ताका लागि तीन महिना म्याद थपेकोमा  विरोध जनाएका छन्।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले गत २२ असारमा मन्त्रीस्तरीय निर्णय गर्दै नेपालमा बिक्री वितरण भइरहेका स्यानिटाइजर दर्ता गर्न तीन महिना समय थप गरेको थियो।

एपोनको २५ असारमा बसेको आकस्मिक बैठकले सो निर्णय तीन दिनभित्र फिर्ता लिन सरकारलाई अल्टिमेटम दिएको थियो। त्यसबेला एपोनले निर्णय फिर्ता लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, स्वास्थ्य मन्त्रीलाई पत्राचार र औषधि व्यवस्था विभागमा आफैँ उपस्थित भई ज्ञापन पत्रसमेत बुझाएको थियो।

एपोनले मन्त्रालयको म्याद थप गर्ने नीतिले दर्ता विनाका गुणस्तरहीन स्यानिटाइजरलाई थप तीन महिनासम्म बजारमा जाने बाटो खुलेको र यसले जनस्वास्थ्यमा समेत गम्भीर असर पुग्ने भन्दै निर्णय खारेजीको माग गरेको हो।

पत्रकार सम्मेलमा  एपोनका महासचिव विप्लव अधिकारीले भने, ‘अहिले ४० वटा स्वदेशी औषधि उद्योगले १२० वटा वटा फ्याक्ट्रीबाट स्यानिटाइजर बनाइरहेको छ। हामीसँग लाखौँ लिटर स्टक र गुणस्तरीय पनि छ। स्यानिटाइजरमा आत्मनिर्भर अवस्थामा सरकारले विदेशबाट स्यानिटाइजर मगाउनु भनेको  सरकारले स्वदेशी उद्योगलाई आत्मनिर्भर बन्नभन्दा पनि औषधि उद्योगहरुलाई निरुत्साही बनाउने हो। त्यसैले हामीले यसको विरोध गरेका हौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.