|

रुकुम : राप्ती लोकमार्गअन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ र १२ को सीमानामा रहेको पिथिवाङ खोलामा पक्की पुल नहुँदा आवतजावतमा समस्या भएको छ। वर्षायाम शुरु भएसँगै असारदेखि भदौसम्म खोला बढ्ने भएकाले यसक्षेत्रका स्थानीयलाई समस्या हुने गरेको छ।

रुकुम भित्रिने तथा बाहिरिने मुख्य सडकखण्डमै पक्की पुल निर्माणको काममा ढिलाई हुँदा साना तथा ठूला सवारीसाधन लगायत सर्वसाधारणले आवतजावतमा समस्या भोग्नुपरेको यसक्षेत्रका बासिन्दाले बताउने गरेका छन्। यसवर्षको बर्षाले पिथिबाङ्ग खोला बढेपछि स्थानीय युवाहरुको सहायतामा केही दिनदेखि  साना सवारीसाधन र यात्रुलाई बोकेरै उद्धार गुर्नपर्ने अवस्था शुरु भएको छ। तर स्थानीय युवाले मोटरसाइकललगायत साना सवारी साधन वारपार गराएबापत भने दुईदेखि ३ सय रुपैयाँ लिने गरेका छन्।

सडक डिभिजन कार्यालय चौरजहारीले भने पिथिबाङ खोलामा ५ करोड २८ लाख लागतमा आगामी वर्षदेखि सञ्चालनमा आउने गरी ३५ मिटर लामो आरसिसी मोटरेबल पुल निर्माणको काम शुरु गरिएको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.