तीन दिनयता लगातार घट्दै छ पिसिआर परीक्षणकाे मात्रा

|

काठमाडौं : मुलुकभर कोरोना संक्रमितको संख्या केही दिनयता घट्न थालेकाे आँकडा सरकारले प्रस्तुत गर्न थालेकाे छ। सरकाले तीन दिनयता गर्ने काेराेना परीक्षणकाे दायरा पनि खुम्चिँदै गएकाे देखिन थालेकाे छ। जसकाे असर पिसिआर संकलनमा देखिन थालेकाे प्रस्ट भएकाे छ। 

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शनिबार देशभर ३ हजार ३ सय ३१ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। जसअनुसार देशभर शनिबार ५७ जनामा काेराेना संक्रमण भेटिएकाे छ। 

तर सरकारले शुक्रबारकाे तुलनामा १ हजार ३ सय ५७ जना कम मानिसमा काेराेना परीक्षण गरेकाे छ। हिजाे शुक्रबार देशभर ४ हजार ६ सय ८८ जनाको परीक्षण गरिएको थियो।जसमा १ सय १ जनामा पोजिटिभ देखिएको थियो। हिजो १ सय १ जनामा कोरोना संक्रमित देखिएका थिए। 

त्यसैगरी, बिहीबार शुक्रबारकाे तुलनामा बढी मानिसमा काेराेना जाँच भएकाे थियाे । अर्थात् बिहीबार सरकारले मुलुकभर ४ हजार ९ सय ८१ जनाकाे पिसिआर परीक्षण गरेकाे थियाे।

सरकारले दैनिकजसो पिसिआर परीक्षणकाे मात्रा घटाउँदै गएको छ। मुलुकभरका स्थानीय सरकारले निर्माण गरेको विभिन्न क्‍वारेन्टाइनमा २३ हजार २ सय ७५ जना अझै स्वाब रिपाेर्ट कहिले हाेला भनी कुरिरहेका छन्। तर सरकार यतिबेला दैनिक ३ हजारको दरले भन्दा बढी पिसिआर परीक्षण गर्ने अवस्थामा देखिएकाे छैन। यही दरले स्वाब संकलन र पिसिआर परीक्षण गर्ने हाे भने पनि करिब एक हप्ता भित्रमा देशभरका क्‍वारेन्टाइनमा रहेक‍ाकाे परीक्षण गरी सकिनेछ। यदि क्‍वारेन्टाइनमा मानिस थपिएनन् भने। 

तर प्रवक्ता प्राडा गाैतमका अनुसार हाल पनि दैनिक लगभग १२ सयका दरले देशभरका विभिन्न क्‍वारेन्टाइनमा मानिसहरु थपिएरहेका छन्। याे हिसाबले थपिँदै जाने र स्वाब संकलनकाे मात्रा घटाएर परीक्षणलाई साँघुराे बनाइए याे अवस्थाकाे अन्त्य हुने देखिँदैन। 'अहिले कतिपय क्‍वारेन्टाइन खाली पनि हुँदै छन्, कतिपय ठाउँमा थपिँदै पनि छन्', गाैतम भन्छन्, नयाँ आएका हुन्छन्, त्यसैले परीक्षण नगरी पठाउने कुरा हुँदैन।' उनकाे भनाइकाे सार मान्ने हाे भने काेराेना परीक्षणकाे दर घटेर फरक पर्ने देखिँदैन। किनकि क्‍वारेन्टाइनमा आउने घटेका छैनन्। 

स्वास्थ्य मन्त्रालयले १० हजार जनाको कोराना परीक्षण गर्न सक्ने क्षमता रहेको बताउँदै आएको पनि छ। तर क्षमता हुँदाहुँदै पनि सरकारले किन पिसिआर परीक्षण घटाइरहेको छ ? मन्त्रालयले घोषणा गरेबमोजिम ३ दिनमा मुलुकभरका क्‍वारेन्टाइनमा रहेका मानिसको परीक्षण गर्न सक्छ।

भारतबाट आएका नागरिकहरु क्‍वारेन्टाइनमा थपिँदै जाँदा पनि क्‍वारेन्टाइनमा बस्नेको संख्यामा कमी नआएको गौतम भनाइ छ। थाहाखबरसँग कुरा गर्दै उनले भने,' क्‍वारेन्टाइनमा बस्नेको ५ दिन भित्रमा परीक्षण हुन्छ। उनीहरु क्‍वारेन्टाइनमा १४ दिन अनिवार्य बस्छन्। बसेकाको सबैको परीक्षण गरिएको छ।'

परीक्षण गर्नुपर्ने मानिस कसैको परीक्षण नछुटाएको प्रवक्ता गौतमको दाबी छ। अहिलेको संख्यामा रहने भने निकै केही हप्तासम्म २८ हजार मानिस क्‍वारेन्टाइनमा रहने उनले जानकारी दिए। धेरै क्‍वारेन्टाइन खाली गएको छ त्यो भनेको सबैको परीक्षण गरिएकोले खाली हुने अवस्था आएको उनले प्रस्ट  पारे।

परीक्षण गर्नुपर्ने र परीक्षणको आवश्यकता रहेको मानिस कसैलाई पनि नछुटाएको उनले बताए। सरकारले समुदायमा कोरोना फैलिएको छ छैन भनेर ५० हजार जनाको परीक्षण गर्ने छ,' उनले भने,' समुदायमा परीक्षण पनि सुरु भइसकेको छ। ५ हजारको हाराहारीमा परीक्षण पनि भएको छ। जसमा ३ जनामा पोजिटिभ देखिएको छ।'  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.